मेरो दुई शब्द 

सन् २०१०मा बेल्जियममा  बसोबास गर्नुहुने किराँती महानुभावहरु  आपसमा सरसल्लाह गरि स्थापना भएको यो हाम्रो संस्था आज १३औं बसन्त पार गरि रहेको छ | १३औं बर्षहरु पार गर्ने शिलशिलामा संयुक्त किरांत समाज बेल्जियमले स्थापना काल देखि आज सम्म आफ्नो पाँचौ कार्यकाल पुरा गरि सकेको छ | यस छैटौँ कार्यकालमा, विभिन्न परिस्थिति एवं आवश्यकताले संस्थालाई नेतृत्व गर्ने जिम्मेवारी पाएकोमा म अत्यन्त खुशी एवं गौरवान्वित भएको महशुस गरेको छु | संस्थामा आवद्द भएर सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष ,बरिष्ट उपाध्यक्ष हुँदै अध्यक्ष जस्तो गरिमामय पदमा आसिन हुँदा मैले संस्थामा गरेको निस्वार्थ सहयोग,  अनवरत समर्पण एवं संस्था प्रतिको निसन्देह विश्वासले भूमिका खेल्यो जस्तो लाग्छ |

कुनै पनि संस्थाको आफ्नो उदेश्य परिपूर्ति गर्नका लागि आधारभूत पूर्वाधारहरुको आवश्यकता पर्दछ | आजको हाम्रो जनजीवन त झनै प्रविधिमा  अधिकांस  निहित हुने भएकोले विधुतीय संचार सेवा अत्यावश्यक मानिन्छ | यसै आवश्यकतालाई पुरा गर्नका लागि म लगायत बर्तमान कार्यसमितिले यस आधिकारिक वेबसाइटलाई एउटा खुड्किलोको रुपमा लिएका छौं|

यो बेल्जियमको ब्यस्त जनजीवनमा हामी किराँतीहरु कम संख्यामा भएपनि,आफ्नो किराँती भेषभुषा, संस्कृति अनि चाडपर्व संरक्षण सम्बर्दन गर्ने कार्यलाई अनिवार्य दायित्वका रुपमा संयुक्त किराँत समाज बेल्जियम  लिएको छ | यस निस्वार्थ अभियानमा तपाईं सम्पूर्ण किराँती मान्यजन ,आमा-बुबा, दाजु-भाइ तथा दिदीबहिनीहरुले  साथ् दिनु हुनेछ भन्ने बिश्वास म एउटाकिराँती चेलीले लिएको छु |


अध्यक्ष 

कविता साउदेन 

संयुक्त किरांत समाज बेल्जियम VZW/United Kirat Society VZW

उधौली झलक

संयुक्त किराँत समाज बेल्जियमको उभौली सेवामा मौलिक किराँती नाच प्रदर्शन गर्दै कलाकार महानुभावहरु 

संयुक्त किराँत समाज बेल्जियम